काठमाडौंः सिरियामा रहेको संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले अन्तर्राष्ट्रिय दाताहरूले महत्वपूर्ण सहायता कार्यक्रमहरूको लागि कोष बढाएनन् भने लाखौं सिरियालीहरूले जीवन जोखिममा पार्ने अवस्थाको सामना गर्नसक्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयका सिरियाली कार्यालयका प्रमुख जोसेफ इन्गान्जीले दमास्कसमा यदि सहायता कोषमा कमी आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । यसको अर्थ बालबालिका र महिलाहरू धेरै संकटमा पर्न सक्छन् ।
इन्गान्जीकाअनुसार सिरियाभरि १ करोड ६७ लाख मानिसहरूलाई हाल मानवीय सहायताको आवश्यकता छ । जसमा ८२ लाख तत्काल आवश्यकतामा छन् । संयुक्त राष्ट्र संघले आवश्यकता पूरा गर्न ३.२ अर्ब अमेरिकी डलर खोजिरहेको छ । तर अहिलेसम्म त्यो रकमको १५ प्रतिशत मात्र प्राप्त भएको छ । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको पतन पछि संयुक्त राष्ट्र संघ शरणार्थी उच्चायुक्तकाअनुसार लगभग ८५ हजार सिरियाली शरणार्थीहरू छिमेकी देशहरूबाट फर्केका छन् । एजेन्सी