२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौंडी सडक अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते १२:०६
महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौंडी सडक अवरुद्ध

बैतडीः पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए । पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ । उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको  रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए । 

गत मङ्गलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ । स्थानीयहरुले पहिरो पन्छ्याउन  सम्बन्धित निकायलाई  आग्रह गरेका छन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise