२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

जनमत पार्टीका ६ शीर्ष नेताले दिए राजीनामा

shivam cement
२०८२ असोज २ गते १२:५५
Shares
जनमत पार्टीका ६ शीर्ष नेताले दिए राजीनामा

काठमाडौंः जनमत पार्टीका ६ शीर्ष नेताहरूले राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । 

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले राजीनामा दिएका हुन् ।

‘सम्बन्धमा नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटम सहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईले अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरुलाई अंहकारको भाषामा आफ्नो अधिकारीक फेसबुक मार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानकर्षण भएको छ। त्यसैलाई आधार मानी आजैको मिति देखि साधारण सदस्य समेत नरहने गरी हामी पार्टीबाट राजिनामा गर्दछौं’, राजीनामा पत्रमा भनिएको छ । 

कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने अस्पष्ट धारणा राख्दै उनीहरुले जनभावना तथा नयाँ पुस्ताको चाहना अनुरुप उनीहरुकै नेतृत्वमा सामेल भइ सहयोग र सहर्काय गर्ने प्रतिवद्धता उनीहरुको छ । 

उनीहरुले सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए । तर राउतले उल्टै राजीनामा दिन चाहने नेताहरूलाई यो उपयुक्त समय भएकाे भन्दै पार्टी छाड्न सुझाएका थिए । 

सम्बन्धित खबर