काठमाडौंः जेनजी आन्दोलनका कारण भदौ २३ देखि बन्द रहेको नेप्से परिसूचक आज खुलेपनि लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि बिहीबारका लागि कारोबार स्थगित भएको छ ।
कारोबार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घटेको थियो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ बजेर २३ मिनेटमा नै दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
फेरि ११ बजेर २३ मिनेटमा खुलेको नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो । त्यपछि १२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बजार बन्द भएको हो ।