२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

जेनजी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित रह्योः अध्यक्ष दाहाल

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते १७:१९
जेनजी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित रह्योः अध्यक्ष दाहाल

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टक्टक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताए ।

उच्च प्राथमिकता देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको उनको भनाइ छ । २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे । जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरे।

जेनजी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भएपनि त्यस अवसरबाट जेनजी चुकेको बताए। उनले जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको बताए । शासकीय स्वरुप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ । 

उनले भने, ‘जेनजी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिन्थ्यो । देशका अरु आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेनजी आन्दोलनको उपलब्धि  केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो ।’

अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको दाबी गरे । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गरे । घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको बताए । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएको जिकिर गरे । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गए । 

अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंश जेनजीको काम नभएको बताए । प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताए । देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र वलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरुले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा भएको बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise