२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

मध्यान्ह सम्पादकमा नेपाल नियुक्त

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते १७:२५
मध्यान्ह सम्पादकमा नेपाल नियुक्त

काठमाडौं : मध्यान्ह दैनिक तथा अनलाइनको सम्पादकमा जनक नेपाल नियुक्त भएका छन् । पब्लिकेसन्सका प्रकाशक सीतादेवी श्रेष्ठ र प्रधान सम्पादक मदनकुमार श्रेष्ठले नेपाललाई स्वागत गर्दै मध्यान्हलाई व्यावसायिक पत्रकारिताको थप उचाईमा पुर्‍याउन सफलताको शुभकामना दिएका छन् । 

दुई दशकदेखि पत्रकारितामा संलग्न नेपालसँग यसअघि शिलापत्र अनलाइनको सम्पादक, नेपाल म्यागजिनमा वरिष्ठ उपसम्पादक, कान्तिपुर दैनिकमा डेढ दशक क्षेत्रीय ब्युरो प्रमुखका रुपमा काम गरेको अनुभव छ । ग्रामीण विकास र पत्रकारितामा स्नातकोत्तर गरेका नेपालले झन्डै एक दर्जन पुस्तक सम्पादन गरेका छन् । उनी न्यायको लडाइँ, प्लेयर्स सिटीलगायत डकुमेन्ट्रीका निर्देशक पनि हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise