२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छः राप्रपा 

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते १७:४०
राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छः राप्रपा 

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र स्थापना हुने सम्भावना प्रवल रहेको बताएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताएका हुन् ।

उनले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको बताए । चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रुपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको बताए । सबै शक्तिहरुका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ । 

लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखे। उनले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको बताए । अहिलेको जेनजी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उनको भनाइ छ । 

राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग  राप्रपाले गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेनजीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट राप्रपाले पारेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise