२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मैत्रीपूर्ण नेटबल खेल सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन ६ गते २०:५९
मैत्रीपूर्ण नेटबल खेल सम्पन्न

काठमाडौं : भानुभक्त मेमोरियल विद्यालयको ५९औं वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ ।

काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगितामा विभिन्न विद्यालयको सहभागिता रहेकोमा आयोजक भानुभक्त भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोद‌य बालबाटीका र मल्पी इन्टरनेशनल स्कुल रहेका थिए ।

उक्त खेलमा सहभागी भानुभक्त मेमोरियल विद्यालयले मल्पी इन्टरनेशनल स्कुललाई पराजित गरेको थियो । कार्यक्रम नेपाल नेटवल संघका महासचिव दिपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने बताए । कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्गापक ईश्वरी ढुंगानाले गरेकी थिइन् । कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रसमेत वितरण गरी हौसला बढाइएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise