२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

‘वृक्षारोपण र वन संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक’

Nada
धर्मेन्द्रकुमार कुर्मी
२०८२ कार्तिक १३ गते २०:४४
Shares
‘वृक्षारोपण र वन संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक’

कपिलवस्तु : लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले वन र मानवबीचको सम्बन्ध एकअर्काको पूरक रहेको बताउँदै वृक्षारोपण र वन संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । 

ncell

कपिलवस्तुको विजयनगर गाउँपालिका–खडैचामा बिहीबार सम्पन्न गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभालाई सम्बोधन गर्दै सांसद यादवले आफ्नो कार्यकालमा धेरै अतिक्रमित क्षेत्र फिर्ता गराउन सफल भएको स्मरण गरे ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा र आगामी योजना सार्वजनिक गर्दै सम्पन्न साधारणसभामा विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले वन संरक्षण र विकासका लागि स्थानीय तह र वन उपभोक्ता समूहबीच समन्वय अपरिहार्य रहेको बताए । उनले जलवायु परिवर्तनका कारण देखिएका असरबारे चिन्ता व्यक्त गर्दै सबैलाई वन संरक्षण अभियानमा सहभागी हुन आग्रह गरे ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत महेन्द्रराज वाग्लेले प्रदेशको कानुनअनुसार राष्ट्रिय वन व्यवस्थापन अघि बढिरहेको बताउँदै २ सय ८८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले नागरिकको सचेत सहभागितामार्फत मात्र अतिक्रमण नियन्त्रण र वृक्षारोपणमार्फत वन विकास सम्भव रहेको बताए । 

गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले समूहले पुनरुत्पादन कटान प्लट, १६.३४ किलोमिटर तारबार, ८०.२४ किलोमिटर अग्नि रेखा निर्माण तथा ७२.६२ हेक्टर क्षेत्रमा काँडे तारबारसहित वृक्षारोपण कार्य सम्पन्न गरेको जानकारी दिए ।

उपाध्यक्ष सिमा अर्यालले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षमा पनि संरक्षण, मर्मत, अतिक्रमण व्यवस्थापन र सामाजिक विकासका कार्यलाई प्राथमिकतामा राखिने बताइन् । 

कार्यक्रममा सामुदायिक वनका सदस्य, विभिन्न वन समूहका अध्यक्ष, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय भद्रभलाद्मी र पत्रकारको सहभागिता रहेको थियो । 

uae

सम्बन्धित खबर