२०८२ कार्तिक २७ गते बिहिवार / Nov 13 , 2025 , Thursday
२०८२ कार्तिक २७ गते बिहिवार
Ads

सुशासन प्रवर्धनमा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न तयार छौं : प्रजिअ भुसाल

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ कार्तिक २७ गते १४:४४
Shares
सुशासन प्रवर्धनमा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न तयार छौं : प्रजिअ भुसाल

गौर : रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सुशासन प्रवर्धनमा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । जिल्ला प्रशासनको सभाहलमा बसेको समन्वय बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

'जिल्लाको समग्र विकास र सुशासनका लागि सामूहिक प्रयास आवश्यक छ,' प्रजिअ भुसालले भने, 'म यो जिम्मेवारीमा पूर्ण प्रतिबद्ध छु ।'

जेनजी आन्दोलनपछि बदलिएको परिवेशमा एनजीओहरूलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्नुपर्ने उनको जोड छ। 'कहिलेकाहीँ राजनीतिक दल वा व्यक्तिको स्वार्थमा काम गरेको आरोप लाग्छ, त्यसबाट मुक्त हुनैपर्छ,' उनले थपे ।

रौतहटमा सामाजिक समस्याहरू समाधानका लागि एनजिओहरूले गरेका प्रयासको उनले प्रशंसा गरे । 'यी प्रयासलाई अझ परिष्कृत गर्दै लैजानुपर्छ,' उनले सुझाए ।

सुशासन ऐन र सूचनाको हक ऐनअनुसार सार्वजनिक निकायहरूले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्न उनले सबैलाई आह्वान गरे ।

बैठकमा जिल्लास्तरका संघसंस्थाका प्रतिनिधिहरूले आफ्ना गतिविधिहरूबारे जानकारी दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर