२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

शंका निवारणको खाँचो

ADV
२०८१ साउन १० गते ०६:३०
शंका निवारणको खाँचो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिलमै सौर्य एयरलाइन्सको सीआरजे २००–९, एनएएमईको जहाज बुधबार दुर्घटनाग्रस्त हुँदा १८ जनाको निधन भएको छ । नियमित प्राविधिक जाँचका लागि पोखराका निम्ति उडेको जहाज दुर्घटनामा परेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अध्ययन आयोग गठन गरेको छ । छानबीन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । यो आयोगलाई ४५ दिनको समय दिइएको छ । आयोग गठन गर्नु बाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनास्थलको अवलोकलन, उड्डयन प्राधिकरणका कर्मचारीहरुसँग ब्रिफिङ, राष्ट्रिय झण्डा आधा झुकाउने जस्ता निर्णय भएका छन् । दुर्घटनाको कारण आयोगले दिने प्रतिवेदनपछि नै थाहा हुनेछ । तर दुर्घटनाको प्रवृत्ति र प्रकृतिबारे भने नियामक निकाय गम्भीर बन्न जरुरी देखिन्छ । 

किनकि १ माघ २०७९ का दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यती एयरलाइन्सको विघटन दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंबाट पोखरा गएको त्यो विमान दुर्घटजामा ७२ जनाको मृत्यु भएको थियो । त्यसअघि २८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै यूएस बंगला जहाज दुर्घटनाग्रस्तु बनेको थियो । त्यो विमान दुर्घटनामा ५१ ज्ना स्वेदशी एवं विदेशी नागरिकको जीवन गएको थियो । विमानस्थल परिसरभित्रै अथवा नजिकै भएको यी विमान दुर्घटनामा लगभग सबै यात्रुको निधन भएको थियो । बुधबार सौर्य एयरलाइन्सको विमानस्थलबाट भने एक जना पाइलट बाँच्न सफल भए । अरु सबैले दुर्घटनामा परेर ज्यान गुमाए । 

नेपाली आकाशमै विमान दुर्घटनामा परेको यो १०८औं हो । सबै विमान दुर्घटनामा ९५९ जनाले ज्यान गुमाइसकेका छन् । बुधबार भएको सौर्यको विमान विश्वमै सुरक्षित मानिन्थ्यो । क्यानडामा बनेको सीआरजे २०० जहाज विश्वभर एक हजार एक सय वटा बनेको छ । त्यस मध्ये एक दर्जन मात्र दुर्घटनामा परेकाले सुरक्षित जहाज मानिन्थ्यो । तर सुरक्षित मानिएकै जहाज दुर्घटनामा परेको छ, त्यो पनि विमानस्थल परिसरमै । यो विमान दुर्घटनाले थुप्रै प्रश्न उठाएको छ । त्यसैपनि युएईले नेपाली आकाशलाई खराब सूचीमा राखेको छ । खराब सूची हटाउन सरकारले पहल गरिरहँदा पनि विमान दुर्घटनाको क्रम अस्वभाविक छ । अझ उद्धारका निम्ति हुने ढिलाइ, नियमित चेकचाँज माथि प्रश्न जस्ता कारणले गर्दा आयोगहरुकै अध्ययनहरुमाथि समेत शंका गर्न थालिएको छ । आयोग बन्नु अगाडि नै यसलाई औपचारिकताका निम्ति मात्रै गरिएको टिप्पणी सुनिन्छ । त्यसैले दुखद् घटनाहरुलाई न्यूनिकरण गर्न पनि आयोगले विगतका टिप्प्णीलाई खण्डित गर्नेगरी काम गर्नुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise