२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

मध्यपहाडी सडकमा नाली जाम, ग्रामीण सडक जोखिमपूर्ण

shivam cement
बालाराम शेर्पाली
२०८२ मंसिर ५ गते २१:१९
Shares
मध्यपहाडी सडकमा नाली जाम, ग्रामीण सडक जोखिमपूर्ण

रुकुमपूर्व : मध्यपहाडी लोकमार्गमा नाली सफाइ नहुँदा र ग्रामीण क्षेत्रमा नयाँ सडक निर्माण गर्दा नाली नै नबनाइदा रुकुमपूर्वका अधिकांश सडक वर्षेनी जोखिमपूर्ण बन्दै आएका छन् । वर्षा सुरु हुनेबित्तिकै पानी निकास नहुँदा सडक भत्किने, हिलाम्ये बन्ने र यातायात अवरुद्ध हुने समस्या दोहोरिरहेको छ ।

स्थानीयवासीका अनुसार वर्षौंदेखि थुनिएका नाली सफाइ नहुनु सडक बिग्रनुको मुख्य कारण हो । पानी सिँधै सडकमै बग्ने हुँदा सतह चिरिने, खाल्डाखुल्डी बढ्ने र यात्रा जोखिमपूर्ण हुने गरेको छ । सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकाका ग्रामीण सडकहरूमा पनि यही समस्या दोहोरिएको छ ।

उद्योग वाणिज्य संघ रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले नयाँ सडक निर्माणमा नाली छुट्ने प्रवृत्ति अझै कायम रहेको बताए । उनले भने,‘डोजर त पुग्छ, नाली बनाउने सोचचाहिँ पुग्दैन । मध्यपहाडीमा समेत नाली सफाइ नगर्दा समस्या ग्रामीण सडककै जस्तो भइरहेको छ ।’
स्था

नीयका अनुसार नाली सफाइ र नाली निर्माण नसमेट्ने गैरजिम्मेवार योजनाका कारण सार्वजनिक धन वर्षेनी मर्मतकै नाममा दोहोरिदो खर्च भइरहेको छ । नाली व्यवस्थापनलाई प्राथमिकता नदिएकै कारण रुकुमपूर्वका सडक वर्षेनी जोखिमपूर्ण बन्दै जाने देखिएको छ । रुकुमपूर्वमा करिब ५५ किलोमिटर मध्यपहाडी लोकमार्ग पर्ने गरेको छ । तर यस खण्डमा वर्षौँदेखि नाली सफाइ नहुनु र ग्रामीण सडक निर्माणमा नाली नै नबनाउँदा सडकको अवस्था जोखिमपूर्ण बन्दै आएको स्थानीयवासी र सरोकारवालाले बताएका छन् । 

ADV

सम्बन्धित खबर