
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–२ लोहरौलामा रहेको जनजागृति माध्यमिक विद्यालयमा बाल विकास केन्द्रका ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
विजयनगर–२ मगरघट्टाका समाजसेवी गगन कुमार मिश्रले शुक्रबार बाल विकास केन्द्रका विद्यार्थीहरूलाई स्वीटर र टाउजर वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मिर्जा प्रसाद चौधरीले मिश्र परिवारको यस सहयोगले जाडो मौसममा विद्यार्थीहरूलाई सहज हुने बताए । त्यसैगरी, विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरेको छ ।
प्रधानाध्यापक चौधरीले शिक्षा र बालबालिकाको समग्र विकासमा समुदायको सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।