२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ग्राण्डीमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरुको फुटसल प्रतियोगिता

ADV
मध्यान्ह
२०८१ साउन १४ गते २१:४२
ग्राण्डीमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरुको फुटसल प्रतियोगिता

काठमाडौं : काठमाडौंको अन्तर्राष्ट्रिय ग्राण्डी अस्पतालमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरुको फुटसल प्रतियोगिता भएको छ । आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

 ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले सोमबार आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका बिरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका छन् । अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा. विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताए । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उनको भनाई थियो । उनले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताए ।

डा. मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका बिरामीले घुँडा दुख्दैमा शल्यक्रिया गर्नुपर्छ भन्ने नरहेको बताए । ‘कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्या गरिन्छ’, उनले भने । उनले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताए । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा. विजुक्छेको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise