२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

विजयनगर गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ पुष २९ गते २२:३६
Shares
विजयनगर गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाअन्तर्गत आठौं अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार खडैचास्थित गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम र प्रशासनिक गतिविधिहरूमाथि विस्तृत छलफल गरिएको छ ।

सभामा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाका प्रस्तावित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था र कार्यालयगत प्रगतिबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले हालसम्म भएका कार्यहरू, चालु योजनाको स्थिति र भावी प्राथमिकताहरू बारे जानकारी गराएका थिए ।

यस्तै, गाउँसभा उपाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी थारूले विजयनगर गाउँपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न तयार पारिएको विधेयक सभामा पेश गरेकी थिइन् । उक्त विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ ।

अधिवेशनमा गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले स्थानीय सरकारको कामकाजलाई थप व्यवस्थित र जवाफदेही बनाउने उद्देश्यले चारवटा महत्वपूर्ण विधेयक तथा कार्यविधिहरू प्रस्तुत गरेका थिए । तीमध्ये आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, बेरुजु फर्स्योट कार्यविधि, लेखा समिति कार्यसञ्चालन कार्यविधि र गाउँसभा सचिवालय सञ्चालन सम्बन्धी कार्यविधि रहेका छन् । प्रस्तुत सबै विधेयक र कार्यविधिहरू सभाबाट सर्वसम्मत रूपमा पारित भएका छन् ।

अधिवेशनको समापन क्रममा विभिन्न समसामयिक विषयमा छलफल गर्दै सभाले स्थानीय तहमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।

No description available.

सम्बन्धित खबर