२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

'शिक्षा क्षेत्रमा दीर्घकालीन सोच र लगानी अपरिहार्य'

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ माघ २४ गते २१:२७
Shares
'शिक्षा क्षेत्रमा दीर्घकालीन सोच र लगानी अपरिहार्य'

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले शनिबार आफ्नो ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले यस क्षेत्रको शैक्षिक विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित विश्वविद्यालय स्थापना गर्न पहल गरिने बताए ।

उनले शिक्षा क्षेत्रमा दीर्घकालीन सोच र लगानी अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयले पुर्‍याएको योगदान प्रशंसनीय भएको बताए । साथै, विद्यालय प्राङ्गणको सौन्दर्यीकरणका लागि संसदीय कोषबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरे ।

No description available.

पूर्वमन्त्री अकबाल अहमद शाहले शिक्षा नै समृद्ध र सभ्य समाज निर्माणको आधार भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय तहले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै विद्यालयलाई नमुना शिक्षालयका रूपमा विकास गर्न गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । ड्रपआउट विद्यार्थीलाई पुनः विद्यालयसम्म ल्याउने र टिकाउने योजनामा गाउँपालिका सक्रिय रहेको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताइन् । उनले शैक्षिक सुधारमा अभिभावकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै घरमै बालबालिकाका लागि अध्ययनको अनुकूल वातावरण सिर्जना गर्न आग्रह गरिन् ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रकट कोरीले विद्यालयको ऐतिहासिक पृष्ठभूमि, हालसम्मका उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउँदै सबै सरोकारवालाको सहयोग र सहकार्यबाट विद्यालयलाई अझ सशक्त, प्रभावकारी र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गरिने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक तथा भौतिक उपलब्धिको जानकारी गराए । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै शैक्षिक विकासप्रति सामूहिक प्रतिबद्धतासहित अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

No description available.

ताजा खबर

सम्बन्धित खबर