२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अब ५ वर्ष कांग्रेसले ‘स्पीड’ ले देश हाँक्छ : सभापति थापा 

shivam cement
घनश्याम बलम्पाकी
२०८२ फागुन १६ गते १७:१६
Shares
अब ५ वर्ष कांग्रेसले ‘स्पीड’ ले देश हाँक्छ : सभापति थापा 

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब ५ वर्ष कांग्रेसले स्पीडले देश चलाउने बताएका छन् । 

(आज) शनिवार दिउँसो बयलवास बजारमा सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्वोधन गर्दै उनले विवेक र सावधानीपूर्ण किमिसले तीव्र गतिमा कांग्रेसले देश हाँक्ने दावी गरेका हुन् । उनले २०७४ पछि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा सबै दल मरिहत्ते गरेर सरकारमा गएर गल्ती गरेको बताए ।  

नयाँ दलको हुँइयाँ फिँजाएर मत लिने कोसिस भइरहेको भन्दै थापाले वर्तमान अवस्थामा कांग्रेस नै सबैभन्दा नयाँ र जोश जाँगर बोकेको एक मात्र पार्टी रहेको दावी गरेका छन् ।  

नेपालको विद्यमान, ऐन कानून बाधक बन्दा यहाँ लगानी गर्न निजी क्षेत्र तथा बिदेशीसमेत हच्किएका उल्लेख गर्दै कांग्रेसले देशको नेतृत्व लिएपछि यि सबै कुरा सुधार गर्ने बताए । 

सभापति थापा आज बिहानभर आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो तथा बयलवासमा चुनावी सभा सकाएर रौतहट प्रस्थान गरेका छन् ।

सम्बन्धित खबर