
ललितपुर : ललितपुरमा निर्वाधरुपमा मतदान सम्पन्न भइ ६८ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले जानकारी दिएकी छिन् ।
जिल्लामा नख्खु कारागार र नमुना मच्छिन्द्र मावि अस्थायी मतदान केन्द्र र एक सय ३१ वटा मतदान केन्द्र रहेकोमा सबै केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यहाँ रहेको नख्खु कारागारमा रही मतदाता नामावलीमा नाम दर्ता भएका ७४ जना कैदी बन्दिसहित सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारी गरी ९० जनाले मतदान गरेका छन् ।
जसमा दुई महिला र ८८ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । नमुना मच्छिन्द्र मावि अस्थायी मतदान केन्द्र, लगनखेलमा जिल्ला स्थित सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारीका लागि मतदानको व्यवस्था गरिएकोमा दुई सय २२ जनाले मतदान गरेको क्षेत्र नं. १ मा ५२ हजार ६ सय ३२ मत खसेको छ ।
क्षेत्र नं. २ मा ६१ हजार ९ सय ७५ मत खसेको छ भने क्षेत्र नं. ३ मा ६९ हजार ३ सय ९१ मत खसेको छ । जिल्ला र एक लाख ८३ हजार ९ सय ९८ मध्ये महिला ९२ हजार १ सय ६७ र पुरुष ९१ हजार ८ सय ३१ मत खसेको छ । जो ६८ दशमलब ३३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए । जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको ललितपु प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिए ।
क्षेत्र नं. १ मा ३८ हजार आठ सय ४० जना महिला र ३८ हजार आठ सय ९७ जना पुरुषसहित ७७ हजार सात सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताइन् ।
क्षेत्र नं. २ मा ३९ मतदान स्थलमा एक सय चारवटा मतदान केन्द्र रहेका छन् । जहाँ ४३ हजार दुई सय ९८ जना महिला र ४५ हजार सात सय ८४ जना पुरुषसहित ८९ हजार ८२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताइन् ।
क्षेत्र नं. ३ मा ३९ मतदान स्थलमा एक सय १४ वटा मतदान केन्द्र रहेका छन् । जहाँ ४९ हजार चार सय ११ जना महिला र ५३ हजार २६ जना पुरुषसहित एक लाख दुई हजार चार सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताइन् ।
जिल्लाको क्षेत्र नं. १ को किटीनी मावि मतदान केन्द्र, गोदावरी, क्षेत्र नं. २ को पाटन मावि, पाटनढोका र क्षेत्र नं. ३ को जावलाखेल फुटबल मैदान मतदान स्थलमा निर्वाचनमा सम्पूर्ण मतदान कर्मचारी महिला मात्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ती मतदान स्थललाई महिलामैत्री मतदान स्थलमा समेत सौहाद्र्धपूर्ण वातावरणमा मतदान सकिएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिइन् ।