२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सल्यानमा १० जना उम्मेदवारको जमानत जफत

shivam cement
प्रदीप मगर
२०८२ फागुन २५ गते १६:३६
Shares
सल्यानमा १० जना उम्मेदवारको जमानत जफत

सल्यान : सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० जना उम्मेदवारले १ हजारभन्दा कम मत पाएपछि उनीहरूको धरौटी रकम ‘जमानत’ जफत भएको छ ।

जमानत जफत हुने उम्मेदवारहरूमा नेकपा (माओवादी)का चन्द्रबहादुर खड्का ९९४३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपाली ९९०२ मत, नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती ९२२२ मत, श्रम संस्कृति पार्टीका धन बहादुर बुढामगर ९१५० मत, स्वतन्त्र ध्रुव राज वली ९१२० मत, राष्ट्रिय जनमोर्चाकी कमला डाँगी ९११९ मत, संयुक्त नागरिक पार्टीका कालिदास वि.क. ९९९ मत, नेपाल मजदुर किसान पार्टीका लाल बहादुर थापा क्षेत्री ९६६ मत, मंगोल नेशनल अर्गनाइजेसनका बाला सिंह घर्ती ९५२ मत र स्वतन्त्र जुद्ध बहादुर सिंह ९१२ मत रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दका अनुसार, सामान्य उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउँछन् । महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारले ५० प्रतिशत छुट पाउँछन् । सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी फिर्ता हुँदैन ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्द २०,९०४ मत, नेपाली कांग्रेसका केशबहादुर विष्ट १७,५५८ मत र नेकपा एमालेका गुलावजंग शाह १५,३७३ मतले जमानत जोगाएका छन् । उनीहरूले बुझाएको धरौटी फिर्ता पाउनेछन् ।

निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रमेश कुमार मल्ल २३,१८९ मतसहित विजयी भएका छन् ।

सम्बन्धित खबर