२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कर्णाली प्रदेश : कांग्रेसका चार मन्त्रीले आज शपथ लिँदै

ADV
मध्यान्ह
२०८१ साउन २० गते १४:०३
कर्णाली प्रदेश : कांग्रेसका चार मन्त्रीले आज शपथ लिँदै

काठमाडौँ : कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आज हुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय गरेको जनाइएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise