२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

सांसद शाहद्वारा प्रधानमन्त्रीसँग योजना माग

Nada
धर्मेन्द्रकुमार कुर्मी
२०८२ चैत २४ गते २२:१२
Shares
सांसद शाहद्वारा प्रधानमन्त्रीसँग योजना माग

विजयनगर : कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण योजना माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रस्ताव पेश गरेका छन् ।

ncell

सांसद शाहले लिखित रूपमा पेश गरेको मागपत्रमा शिवराज अस्पतालको व्यवस्थापन सुदृढीकरण, हुलाकी सडकको मर्मत सम्भार, स्पोट्र्स युनिभर्सिटी स्थापना, ऐतिहासिक शिवराज किल्लाको संरक्षण तथा व्यवस्थापन लगायतका विषय समेटिएका छन् ।

त्यसैगरी, जिल्लामा देखिएको सिँचाइ समस्याको दीर्घकालीन समाधान, सीमावर्ती क्षेत्रका समस्या समाधान, कृष्णनगरमा होल्डिङ सेन्टर स्थापना, प्राविधिक शिक्षाको विस्तार तथा सडक सञ्जाल विकासका योजनाहरू पनि प्राथमिकतामा राखिएको सांसद शाहले उल्लेख गरेका छन् ।

कपिलवस्तुको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रको समग्र विकासका लागि यी योजनाहरू अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।

साथै, ती योजनाहरू कार्यान्वयनमा आएमा जिल्लाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित खबर