
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतहरुलाई सामूहिक भेट गरेको एक सातापछि शनिबार पुनः १३ देशका राजदुतहरु राजधानी काठमाडौंको दक्षिणी डाँडास्थित हात्तिवन रिसोेर्टमा सपरिवार एकै ठाउँ भेटिए ।
प्रसंग कुनै राजनीतिक भेटको नभइ अन्तर्राष्ट्रिय आरोग्य दिवसको थियो । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने गरेको निर्णय थियो । अर्थात् अबदेखि हरेक वर्ष नेपालले विश्वभर आफ्नो जीवन शैली परिवर्तन गर्दै विना औषधि आर्फलाई स्वस्थ्य राख्ने उपायमा पर्यटन (आरोग्य पर्यटनको प्रबर्धन गर्ने छ । आरोग्य पर्यटनका रुपमा नेपाली कुृटनीतिका एउटा सौम्य शक्ति (सफ्ट पावर) थपिएको छ ।
कुटुनीतिको यो नयाँ क्षेत्रलाई अघि बढाउन परराष्ट्र मन्त्रालयको निमन्त्रणामा त्यहाँ पुुगेका कुुटनीतिज्ञहरुले पुर्वीय दर्शनमा आधारित ध्यान र योग गरे । त्यसपछि करिब एक घन्टा हात्तिवन चम्पादेवी पदमार्गको उकाली ओह्राली पदैल हिँडे । पुुर्ण प्राकृतिक वातावरणमा समुद्री सतहबाट करिब २५ सय मिटर अग्लो डाँडाको पैदल यात्रा सामान्य हिँडाइ थिएन् ।
सञ्चाकर्मीहरुसँग अनुुभूुति साट्दै उनीहरुले भने, ‘पूर्णतः प्राकृतिक वातावरणमा गरिने पदयात्रा शरीर र मन दुवैमा नयाँ स्फुुर्ति जगाउने र रोग प्रतिरोधी हुनेरहेछ’ ।
कार्यक्रममा सहभागी काठमाडौँस्थित विभिन्न देशका राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्यहरू तथा सरकारका उच्च पदाधिकारीहरूले नेपालको स्वच्छ हावा पानी र स्वस्थ्य जीवन शैलीको पनि खुलेर प्रशंसा गरे । साथमा नेपालले विश्वव्यापी रुपमा प्रबर्धन गर्न खोजेका आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरुको साथ रहने प्रतिबद्धता समेत जनाए ।
पदयात्रामा सहभागी कुटनीतिज्ञहरुलाई शनिबार बिहानै हात्तिवन रिेसोर्टमा भेला गराइ योग र पुर्विय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उनीहरुलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिहरू बारे प्रशिक्षण दिएका थिए ।
त्यसपछि सहभागी सबै कुटनीतिज्ञलाई हात्तिवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब १ घन्टाको पदयात्रा गराइएको थियो । कुटनीतिज्ञहरुलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे । अब हरेक वर्षको अप्रिल १५ नेपाली कुुटनीतिका लागि विशेष दिन रहने भनाई उनको थियो । साथै नेपाललाई विश्वकै उत्कृष्ट’ आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत उनले बताए ।
नेपालको आरोग्य पर्यटन प्रवर्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति समेत तयार गरिरहेको जानकारी उनले दिए । आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रुपमा मनाउन समेत सरकारले निर्णय गरेको र त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको पनि उनले बताए । यसका लागि नेपालले विश्वका विभिन्न देशमा रहेका दुतावास कुटनीतिक र वाणिज्य नियोग मार्फत विश्वभर प्रचार गर्ने छ । त्यो भन्दा पनि ठूलो मात्रामा विश्वभर रहेका गैर आवासिय नेपालीको सञ्जाल प्रयोग गर्ने तयारी समेत सरकारको छ ।
यसलाई सघाउने संकेत पनि विदेशी कुृटनीतिज्ञले दिएका छन् । मध्यान्हसँग कुरा गर्दै नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहकले उपत्यकाका कै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति समेत दिने खालको भएको प्रतिक्रिया दिए ।
त्यस्तै युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकतिक थलोमा नेपाली गीत सुन्दै हिँडदा आफूले आरोग्य लाभको अनुुभूुति गरेको प्रतिक्रिया दिनुभयो । ‘मेरो देश (दक्षिण अफ्रिका) मा नेपालका जस्ता उच्च हिमाल छैनन् तर हावा पानी जस्ता प्राकृतिक सम्पदाहरुले भने एक अर्को देशलाई जोडने रहेछन्’ , उनले थपे ।
नेपालका लागि राष्टसंघीय विकास नियोग (युुएनडीपी)की प्रतिनिधि क्योको योकोसुकाले हात्तिवन चम्पादेवी पदमार्गको पैदल यात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिइन्े ।। आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र साँस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टी प्राप्तीका लागि समेत घुम्नै पर्ने मुलुक भएको सन्देश पुर्याउने समेत उनले बताइन् ।
नेपालका लागि बेलायती राजदुत रोर्वट फेनले भने आरोग्य दिवसमा तय गरिएको नारा मध्ये ‘लामो पैदल यात्राले श्वास प्रश्वासलाई अझ लामो समय स्वस्थ्य राख्छ’ भन्ने कुराले आफू प्रभावित भएको बताए ।
अन्तर्राष्टिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताउनुभयो । त्यसै पनि अधिकांश बेलायतीहरु नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक एवं साँस्कृतिक विविधताप्रति मोहित रहेको भनाई पनि उनको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री शनिबारको पदयात्रालाई आरोग्य पर्यटनमार्फ सप्mट पावर कुटनीतिको पहिलो कदम भएको बताउँछन् ।
‘पहिलो अन्तराष्टिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदुतहरुले महत्व दिएर एक साथ उपस्थित हुनुु आफैँमा ठूलो कुटनीतिक महत्वको विषय हो । ‘नेपाललाई योग र ध्यान प्रदुुषण मुक्त स्थानमा पदैलयात्रा जस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरुमार्फत विश्वकै उत्कृष्ठ आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ’, उनकोे भनाई थियो ।