२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रास्कोटमा इलाका प्रशासन कार्यालय उद्घाटन, स्थानीयलाई गाउँमै सेवा उपलब्ध हुने

Nada
कमल कुमाल
२०८३ वैशाख ७ गते २०:२०
Shares
रास्कोटमा इलाका प्रशासन कार्यालय उद्घाटन, स्थानीयलाई गाउँमै सेवा उपलब्ध हुने

कालीकोट : कालीकोटको रास्कोट नगरपालिकामा एक भव्य समारोहकाबीच इलाका प्रशासन कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।

ncell

रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र शान्नित्रिवेणी गाउँपालिकाका नागरिकलाई गाउँघरमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको हो । 

कार्यालयको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक विशेष कार्यक्रमकाबीच गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही विशेष अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी नगर प्रमुख धर्मराज शाही (पोषण), उपप्रमुख मनिराज बराल, नगरपालिकाका सबै वडाध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

इलाका प्रशासन कार्यालय स्थापना भएसँगै अब स्थानीयवासीले नागरिकता, राहदानी सिफारिस लगायतका प्रशासनिक सेवाका लागि सदरमुकाम मान्मसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसले रास्कोटसहित छिमेकी पालिकाका हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले जनताको घरदैलोमा सरकार पु¥याउने लक्ष्यअनुसार कार्यालय स्थापना गरिएको बताए । नगर प्रमुख धर्मराज शाहीले कार्यालय सञ्चालनमा सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरे । 

स्थानीयवासीले सेवा सहज रूपमा उपलब्ध हुने भएपछि खुशी व्यक्त गर्दै यसले समय र खर्च दुवै बचत हुने बताएका छन् । 

ताजा खबर

सम्बन्धित खबर