२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

गृहमन्त्रीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने महेश बस्नेतको माग

Nada
२०८३ वैशाख ८ गते १५:३९
Shares
गृहमन्त्रीलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने महेश बस्नेतको माग

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

ncell

उनका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने अवस्था देखिएको छ ।

बस्नेतले गौरीबहादुर कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा समेत करिब १० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गर्दै सो विषयले थप प्रश्न उठाएको बताएका छन् ।

उनले गृहमन्त्रीको पदमा बसिरहने विषय नै नैतिक तथा कानुनी रूपमा असहज देखिएको दाबी गर्दै अन्ततः पद छाड्नुपर्ने स्थिति आउने टिप्पणी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर