२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

Nada
२०८३ वैशाख ९ गते १३:०३
Shares
बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौँ : बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

ncell

सल्यानको शारदा नगरपालिकाले वडा नं. १ स्थित नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको ‘श्रीनगर आधुनिक बसपार्क’ को उद्घाटन गर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै भनेको छ, “शारदा नगरपालिका वडा नं. १ स्थित नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको ‘श्रीनगर आधुनिक बसपार्क’ को समुद्घाटन कार्यक्रम आगामी मिति २०८३ वैशाख ०९ गते हुन गइरहेको छ । उक्त उद्घाटन कार्यक्रमको अवसरमा नगर कार्यपालिकाको मिति २०८३/०१/०७ गतेको निर्णयअनुसार यस नगरपालिका मातहत कार्यालयहरू, शैक्षिक संस्थाहरू (विद्यालय), स्वास्थ्य संस्थाहरू तथा अन्तर्गतका निकायहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ । साथै, पूर्वनिर्धारित कुनै पनि परीक्षाका कार्यक्रमहरू भने यथावत् रूपमा सञ्चालन हुनेछन् ।”

ताजा खबर

सम्बन्धित खबर