२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन २१ गते २०:२३
गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

काठमाडौं : गोर्खाज फाइनान्सको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहतर्फको सञ्चालकमा युवराज राई र स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराईलाई नियुक्त गरेको छ । फाइनान्सले संस्थापक समूहतर्फको सञ्चालक पदमा बाँकी अवधिको लागि राई र भट्टराईलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । 

राईसँग नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रहेर निवृत भएका  राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव छ ।

त्यसैगरी भट्टराईसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत छ । नवनियुक्त सञ्चालकहरुले संस्थाको प्रगतिमा योगदान पुर्‍याउने विश्वास लिएको  कम्पनीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise