२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति

Nada
२०८३ वैशाख १० गते १४:००
Shares
सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति

काठमाडौँ : देशभरका सुकुम्वासी बस्ती हटाउने सम्बन्धमा मन्त्रिपरिषदमा कुनै औपचारिक छलफल वा निर्णय नभएको सरकारका प्रवक्ताले स्पष्ट पारेका छन् ।

ncell

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हालै बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त विषय एजेन्डामा समेत नपरेको जानकारी दिएका हुन् ।

उनले सुकुम्वासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषदबाट कुनै निर्णय नभएको प्रष्ट पारेका हुन् ।

यसअघि काठमाडौँ लगायत देशभरका सुकुम्वासी बस्ती व्यवस्थापनका सम्बन्धमा निर्देशन जारी भएको चर्चा सार्वजनिक माध्यममा आएको थियो ।

ताजा खबर

सम्बन्धित खबर