२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन

Nada
२०८३ वैशाख १० गते १४:२४
Shares
एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन

काठमाडौँ : सरकारले ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

ncell

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले करिब ११५ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता सम्बन्धी सम्झौता तथा सम्बन्धित कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

उक्त टोलीले ऋण सम्झौताका शर्त तथा कार्यान्वयनसँग सम्बन्धित प्राविधिक र प्रशासनिक पक्षलाई टुंगो लगाउने जिम्मेवारी पाउनेछ ।

ताजा खबर

सम्बन्धित खबर