
काठमाडौंः अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका–६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल टिकटकमा पीडितसँग कुराकानी गरी विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएलमार्फत पठाएको, उक्त सामान काठमाडौंको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको र सो सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।