
काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद आरेन राई शुक्रबार थापाथलीस्थित सुकुम्वासी बस्ती पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका अनधिकृत बसोबास हटाउने तयारी गरिरहेका बेला उनले स्थलमै पुगेर बस्तीको अवस्था अवलोकन गरेका हुन् ।
वैकल्पिक व्यवस्थाबिनै हटाउन खोजिएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरिरहेका समयमा सांसद राई त्यहाँ पुगेका थिए। उनले प्रभावित समुदायसँग भेटघाट गर्दै उनीहरूको माग र समस्या सुनेका थिए ।
अवलोकनका क्रममा सांसद राईले सुकुम्वासी समुदायको अधिकार र हितका पक्षमा आफ्नो पार्टी उभिने बताएका छन् । अन्य दलहरूको धारणा आफूले प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट सुकुम्वासीका विषयमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।