२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

 ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’

Nada
२०८३ वैशाख ११ गते १५:३८
Shares
 ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’

काठमाडौँ : नेपाल विद्यार्थी संघले सुकुम्वासी बस्ती व्यवस्थापनको सन्दर्भमा स्पष्ट मापदण्ड निर्धारण गरी दीर्घकालीन समाधानतर्फ उन्मुख हुन सरकारलाई सुझाव दिएको छ ।

ncell

नेपाल विद्यार्थी संघका अनुसार काठमाडौँ क्षेत्रमा बस्ती खाली गराउने तयारी भइरहेका बेला वैकल्पिक व्यवस्थाविना बसोबास हटाउने प्रयास मानवीय दृष्टिले उपयुक्त नहुने उल्लेख गरिएको छ । संगठनले पहिचान प्रक्रिया, पुन:स्थापन योजना र स्थानीय तहसँग समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेको छ ।

प्रवक्ता सुरज सेजुवाल द्वारा जारी विज्ञप्तिमा समस्या समाधानका लागि दीर्घकालीन र संस्थागत दृष्टिकोण आवश्यक रहेको औँल्याइएको छ । अल्पकालीन तथा जबरजस्ती उपायहरूले समस्या समाधानको सट्टा थप जटिलता उत्पन्न गर्न सक्ने चेतावनी पनि दिइएको छ ।

संगठनले मानव अधिकारको सम्मान, समावेशी नीति तथा न्यायसंगत पुन:स्थापनाको आधारमा समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आर्थिक रूपमा कमजोर तथा घरबारविहीन नागरिकहरूलाई राज्यको संरक्षणको दायराभित्र राख्दै वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर