
काठमाडौं : सरकारी विज्ञापन निजी सञ्चारमाध्यामलाई रोक्ने सरकारको निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ । शुक्रबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजालसमा रिटको पेसी तोकिएको थियो ।
सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यामलाई दिने र निजी सञ्चारमाध्यमलाई रोक लगाउने निर्णय गरेपछि मिडिया सोसाइटका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।