
काठमाडौं : सरकारले इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।