२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र

Nada
२०८३ वैशाख ११ गते १७:४४
Shares
रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र

काठमाडौँ : संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष चार बुँदे माग प्रस्तुत गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ ।

ncell

मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रस्तुत माग पत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचनालाई फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय पार्दै प्रमाणीकरण र व्यवस्थापनका विषयमा देखिएका समस्या समाधान गर्नुपर्ने, सरकारद्वारा स्वीकृत कार्यसूची अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने तथा भूमि र आवाससम्बन्धी अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने विषय समावेश गरिएको छ ।

उक्त सन्दर्भमा सम्बन्धित निकायबाट बस्ती क्षेत्रमा उपकरण प्रयोग गरी संरचना हटाउने तयारी भइरहेको उल्लेख गरिएको छ । साथै, बालेन शाहको निर्देशनमा यससम्बन्धी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी भएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर