२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश सारू नियुक्त, पुनरावेदन समितिको नेतृत्व गुरुङलाई

Nada
२०८३ वैशाख ११ गते १८:०१
Shares
सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश सारू नियुक्त, पुनरावेदन समितिको नेतृत्व गुरुङलाई

काठमाडौँ : सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ncell

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई हालको न्यायिक जिम्मेवारीसमेत सम्हाल्ने गरी उक्त पदमा तोक्ने निर्णय गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषद्ले उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम गठित पुनरावेदन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री पोखरेलले गुरुङले अदालतको नियमित कामकाजसँगै समितिको नेतृत्वसमेत सम्हाल्ने जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर