२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नदी किनारका बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

Nada
२०८३ वैशाख ११ गते १८:२९
Shares
नदी किनारका बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

काठमाडौँ : सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रममा बल प्रयोग नगरिने स्पष्ट पारेको छ । 

ncell

जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने नीति अनुरूप प्रक्रिया अघि बढाइने सरकारको भनाइ छ ।

सरकारका प्रवक्ता, शिक्षा, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रहरी परिचालनमार्फत जबरजस्ती बस्ती खाली नगरिने बताएका हुन् ।

उनले सरकार आफ्नो राजनीतिक प्रतिबद्धता, कार्ययोजना तथा पूर्वघोषित निर्णयप्रति दृढ रहेको उल्लेख गर्दै देशभर रहेका सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोजिने बताए। विगतमा सुकुम्वासीका नाममा हुँदै आएको राजनीतिक प्रयोग अब अन्त्य गरिने उनको धारणा थियो ।

मन्त्री पोखरेलका अनुसार प्रारम्भिक चरणमा बाढीको उच्च जोखिममा रहेका काठमाडौँ उपत्यकाका तीन सुकुम्वासी बस्तीलाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्ने योजना अघि बढाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर