२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विज्ञापनसम्बन्धी संघीय निर्णय फिर्ता लिनुपर्छ : मन्त्री अधिकारी

Nada
२०८३ वैशाख ११ गते २०:४७
Shares
विज्ञापनसम्बन्धी संघीय निर्णय फिर्ता लिनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं : बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री शिवराज अधिकारीले संघीय सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । 

ncell

प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट प्रदेशका पत्रकारका लागि आयोजित पाँच दिने भिडियो तथा फोटो सम्पादन तालिमको शुुक्रबार समापन गर्दै मन्त्री अधिकारीले त्यसै पनि कठिन अवस्थामा रहेको पत्रकारितालाई संघीय सरकारको निर्णयले थप संकटमा धकेलेको बताए । ‘यो निर्णय तत्काल  फिर्तालिन संघीय सरकारसँग माग गर्छु,’ समापन कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भने । 

विभिन्न सञ्चार माध्यमका कार्यरत दुुई दर्जन पत्रकारका लागि गत सोमबारदेखि आयोजित फोटो तथा भिडियो सम्पादन तालिममा फोटो तथा भिडियो पत्रकारिता विज्ञ विकास कार्की र शिव पुरीले फोटो एवं भिडियो खिज्ने तरिका, त्यसको सम्पादन र प्रस्तुतिका तरिकाहरुबारे प्रशिक्षण दिएका थिए । 

समापनमा बोल्दै बागमति प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारहरुलाई समय सापेक्षढंगले विश्वमा आइरहेको नयाँ प्रविधि तथा नयाँ पत्रकारिता शैलीसँग अभ्यस्त गराउन तालिम आयोजना गरेको बताए । 

ताजा खबर

सम्बन्धित खबर