२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

२४ घण्टामा दुई हजार ९ सय तीन जना ट्राफिक कारबाहीमा

Nada
२०८३ वैशाख १२ गते १३:००
Shares
२४ घण्टामा दुई हजार ९ सय तीन जना ट्राफिक कारबाहीमा

काठमाडौँ : बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।

ncell

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक संकेत उल्लंघनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर