२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप

Nada
२०८३ वैशाख १२ गते १३:३३
Shares
सुकुम्वासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप

काठमाडौंः काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ । शनिबार बिहान भएको उक्त घटनाका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ । 

ncell

पाइप मर्मतकार्यका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ । पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन । 

डोजरले पाइपमा क्षति पुर्‍याएपछि बस्तीमा पानीको ठूलो भेल बगेको थियो, जसका कारण सुकुम्वासी बस्तीका बासिन्दाले घरबाट निकालेका सामानहरू भिजेर नष्ट भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर