२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दशरथ रङ्गशालामा सुरु भयो सुकुम्वासीको विवरण संकलन

Nada
२०८३ वैशाख १२ गते १५:२४
Shares
दशरथ रङ्गशालामा सुरु भयो सुकुम्वासीको विवरण संकलन

काठमाडौंः सरकारले काठमाडौं उपत्यकाभित्रका मुख्य सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन थालिएको हो । 

ncell

अभियानअन्तर्गत प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्यांकअनुसार शनिवार २ बजेसम्म  २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारहरूले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् । यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ को बबरमहल, वडा नम्बर ३१ को भीमसेनगोला र वडा नम्बर ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदैछ । 

होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ । सरकारले विवरण संकलन र उनीहरूको ‘स्क्रिनिङ’का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ। विभिन्न स्थानका सुकुम्वासीहरूका लागि फरक–फरक डेस्क स्थापना गरी विवरण संकलन कार्य भइरहेको छ । सरकारी टोलीकाअनुसार रङ्गशालामा विवरण संकलन कार्य सम्पन्न भएपछि ती परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ । उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तिब्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समय यता सरकारले निरन्तर रूपमा सुकुम्वासी बस्ती हटाउने दाबी गर्दै आएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर