२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रास्वपा सांसद पोखरेलले मागे माफी, भिडियो काँटछाँट गरी भाइरल बनाइएको दावी

Nada
२०८३ वैशाख १२ गते १७:४८
Shares
रास्वपा सांसद पोखरेलले मागे माफी, भिडियो काँटछाँट गरी भाइरल बनाइएको दावी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन् ।

ncell

पूर्व एआइजीसमेत रहेका सांसद पोखरेलले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि नै क्षमा याचना गरेका छन् । ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरलको थियो ।

यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको उनको भनाई छ ।

‘सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु’, पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमा याचना गर्दछु ।’

ताजा खबर

सम्बन्धित खबर