२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

गीता पाण्डे मृत्यु प्रकरण : चिकित्सक निलम्बित, दुई फार्मेसी बन्द गर्न सिफारिस

Nada
२०८३ वैशाख १२ गते १९:२१
Shares
गीता पाण्डे मृत्यु प्रकरण : चिकित्सक निलम्बित, दुई फार्मेसी बन्द गर्न सिफारिस

काठमाडौँ : पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ । काउन्सिलका रजिष्ट्रार डा. शतिसकुमार देवका अनुसार शनिबार बसेको काउन्सिलको भर्चुअल बैठकले डा. शतिसकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । 

ncell

काउन्सिलले घटनामा संलग्न स्वास्थ्य संस्था ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई समेत बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ । 

पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । परिवारले भने गर्भ १२ हप्ताको मात्र रहेको दाबी गरेका छन् । तर छानबिन समितिको प्रतिवेदनले १३ हप्ताभन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।

समितिले गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउने ‘जोनल फार्मेसी’ तथा अन्तिम चरणमा संलग्न ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’ दुवै संस्थाले आवश्यक स्वीकृति नलिएको पाएको छ । 

मेडिकल काउन्सिलले केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र पत्रकार दिनेश पाण्डे सदस्य रहेका छन् । 


 

सम्बन्धित खबर