२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

वर्षापछि रुकुमपूर्वकमा मध्य पहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा पनि प्रभावित

Nada
२०८३ वैशाख १३ गते १२:३९
Shares
वर्षापछि रुकुमपूर्वकमा मध्य पहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा पनि प्रभावित

काठमाडौँ : शनिबार साँझ परेको वर्षापछि रुकुमपूर्वक जिल्लामा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। निरन्तर वर्षासँगै विभिन्न स्थानमा लेदो मिसिएको पहिरो खस्दा मुख्य सडक सञ्जाल अवरुद्ध बनेको हो।

ncell

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार मध्य पहाडी लोकमार्गअन्तर्गत धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायत क्षेत्रमा पहिरो झरेको छ। मुरु क्षेत्रमा पनि दुई स्थानमा पहिरो खसेको जनाइएको छ।

पहिरोकै कारण धाउन्ने सडकखण्डसहित जिल्लाका अन्य सहायक मार्गहरूमा समेत यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयत्नस्वरूप भूमे गाउँपालिकाको स्काभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको थापाले जानकारी दिए। मौसममा सुधार नआएसम्म यात्रा जोखिमपूर्ण रहने भएकाले अत्यावश्यक कामबाहेक आवतजावत नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसैबीच, शनिबार साँझ करिब ६ बजेदेखि जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। वर्षासँगै परेको असिनाले गहुँबालीमा समेत क्षति पुगेको स्थानीय स्तरबाट जानकारी आएको छ।

ताजा खबर

सम्बन्धित खबर