२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुकुम्वासीहरूको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्श 

Nada
२०८३ वैशाख १३ गते १३:२६
Shares
सुकुम्वासीहरूको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्श 

काठमाडौं : अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्वासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

ncell

अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ । 

यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएको महानगरले जनाएको छ ।

पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर