२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बँदेलको आक्रमणबाट मृत्यु

Nada
२०८३ वैशाख १४ गते ११:२४
Shares
बँदेलको आक्रमणबाट मृत्यु

सर्लाहीः जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को आक्रमणबाट मृत्यु भएको हो । 

ncell

बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको छ । जङ्गली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरे पछि थिङ केही दिनदेखि मकै रेखदेशका लागि खेतमा बस्दै आएका थिए ।  

सम्बन्धित खबर