
काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच कुटाकुट भएको छ ।
माइतीघर मण्डलामा दुई महिलाबीच हात हालाहाल र भुतलाभुतल भएको हो ।
शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला अम्बिकाको समूह आएर उनीहरूमाथि हातपात गरेका थिए ।
प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ ।
केही दिनअघि शोभा पाठक महेश बस्नेतविरुद्ध कारबाहीको माग गर्दै अनशन बसेकी थिइन् ।