२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Nada
२०८३ वैशाख १४ गते १५:१६
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

ncell

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । 

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर