२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

डोजर चलेपछि मनोहरा सुकुम्वासी बस्ती ड्रोन भ्युमा (तस्बिरहरू)

Nada
२०८३ वैशाख १६ गते १६:०१
Shares
डोजर चलेपछि मनोहरा सुकुम्वासी बस्ती ड्रोन भ्युमा  (तस्बिरहरू)

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली गैरीगाउँका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने कार्य गरेको हो । हाल उक्त क्षेत्रमा घर–टहरा भएका व्यक्तिहरूले बाँकी रहेका सामानहरू सारिरहेका छन् भने केही स्थानमा फलाम तथा कवाडी संकलन गर्ने काम पनि भइरहेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरी फाँट, काठमाडौंबाट सूचना जारी गर्दै नदी किनार क्षेत्रमा राखिएका आफ्ना सम्पूर्ण सामानहरू भोलिसम्म अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न एक सूचना टासिएको छ ।

ncell

ताजा खबर

सम्बन्धित खबर