२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

महँगी नियन्त्रणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न विपक्षी दलहरूको माग

Nada
२०८३ वैशाख १७ गते १३:५२
Shares
महँगी नियन्त्रणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न विपक्षी दलहरूको माग

काठमाडौँ : दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तीव्र भएको भन्दै विपक्षी दलहरूले सरकारसँग महँगी नियन्त्रणका प्रभावकारी उपाय अपनाउन तथा सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरेका छन् ।

ncell

बिहीबार बसेको विपक्षी दलहरूको बैठकले बजारमा खाद्य तथा उपभोग्य सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको निष्कर्ष निकाल्दै आम नागरिकलाई राहत दिने कार्यक्रम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकको अध्यक्षता राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले गरेका थिए ।

बैठकले दाल, चामल, तरकारी, फलफूल, मसला, खाने तेललगायत भान्सामा प्रयोग हुने वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको जनाएको छ । मूल्यवृद्धिको प्रत्यक्ष असर न्यून आय भएका परिवार, मजदुर, किसान तथा सीमान्तकृत समुदायमा परेको विपक्षी दलहरूको भनाइ छ ।

निर्णयअनुसार बजार अनुगमन सुदृढ गर्दै कालोबजारी नियन्त्रण गर्न, सार्वजनिक वितरण प्रणाली प्रभावकारी बनाउन तथा लक्षित वर्गका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाललगायत नेताहरू सहभागी रहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर