२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

ज्याकारान्डा फूलले सजिएको काठमाडौं (तस्बिरहरू)

Nada
२०८३ वैशाख १७ गते १६:१३
Shares
ज्याकारान्डा फूलले सजिएको काठमाडौं (तस्बिरहरू)

काठमाडौं : काठमाडौं उपत्यका यतिबेला बैजनी रंगले सजिएको छ । विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन् । शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौंलाई आकर्षक बनाएका छन् । यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ ।

ncell

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ । ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन । मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ ।

ताजा खबर

सम्बन्धित खबर